उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

pic-88
लोकपाटी न्यूज
3 Shares

बाँके। इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंज विमानस्थलबाट बिदाई गरेका हुन्। उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्राथना गर्न आग्रह गरेका थिए।

उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ। त्यस्तै हर्ज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामना समेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ।

संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया लगायतका व्यक्तिहरु नेपालगंज बिमान स्थलमा पुगेर बिदाई गरेका थिए। उनीहरु साउदीको मक्का र मदिनामा करिव २० दिन उम्रा गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्