स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुद्ध एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका अलीसँग एक हजार दरका चार सय ८४ थान र पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ। अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्