फिक्कल। इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन्।
बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। उनले आधिकारिक घोषणा भने सोमबारमात्र गर्ने बताए।
अधिकृत दाहाल भने, ‘हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ। कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौं।’
बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आएका थिए। उनी इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसकेका छन्। बस्नेत नेपाल नगरपालिका संघको प्रदेश-१ संयोजकसमेत भएका छन्।