सप्तगण्डकी अस्पताल र नारायणी डेभलप्मेन्ट बैंकबिच सम्झौता

pic
लोकपाटी न्यूज
7 Shares

चितवन। सप्तगण्डकी अस्पताल प्रालि र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडबीच व्यवसायिक समझदारीसम्बन्धी सम्झौता भएको छ। सप्तगण्डकी अस्पतालले नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) होल्डर, एकाउन्ट होल्डर, स्टाफ, तथा शेयर होल्डरहरुलाई प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको हो।

सम्झौतापत्रमा सप्तगण्डकी अस्पतालका अध्यक्ष डा. अमर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले सम्झौता पत्रमा हस्ताक्षर हुन्।

बैंकका विशेषाधिकार कार्ड होल्डरहरु एकाउन्टहोल्डरहरु, स्टाफ, तथा शेयर होल्डरहरुले सप्तगण्डकी अस्पतालले प्रदान गर्ने प्याथोलोजी, आइ.सी.यु. बेड, साधारण बेड, मेजर तथा माइनर अपरेशन, फार्मेशी लगायतमा विषेश छुट दिने सम्झौता भएको हो।

उक्त बैंकका सबै प्रकारका कार्ड बाहक, खातवाला, बैंक कर्मचारीलगाएत बैंकका शेयरधनीहरुले सप्तगण्डकी अस्पतालको सेवा उपयोग गर्दा नियमित प्याथोलोजी, आइसियू बेड चार्ज, साधारण बेड शुल्क र साधारण तथा जटिल अपरेसन शुल्कमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छूट प्राप्त गर्ने छन्। उक्त सम्झौताबाट बैंक तथा अस्पताल दुवै पक्षको व्यवसायिक विकास एवं विस्तारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्