समानुपातिकतर्फ कुन दलको मत कति ?

mat-ganana
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणना जारी छ। नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ७ हजार भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले २३ लाख ७७ हजार मत पाएको छ।

त्यस्तै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार, चौथो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५ लाख ४३ हजार, जनता समाजवादी पार्टीले ३ लाख १४ हजार, जनमत पार्टीले २ लाख ५१ हजार तथा नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार मत कटाएका छन्।

अहिलेसम्म एमाले, कांग्रेस, स्वतन्त्र पार्टी, माओवादी र राप्रपाले थ्रेसहोल्ड कटाएका छन्। जसपा थ्रेसहोल्ड निकट पुगेको छ भने बाँकी दलहरुले थ्रेसहोल्ड कटाउने सम्भावना कमजोर बन्दै गएको छ। प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ।

मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी रहेको छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार भन्दा बढी मत ल्याउनुपर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्