काठमाडौं। आज (सोमबार) बिहान देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। साथै अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
सोमबार राति भने प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएको छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।