जनताले मिलेर जान भनेका छन्, सोही अनुसार गर्छौ : नेम्वाङ

Subash_Nemwang
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको जनादेशअनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको बताएका छन्। सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग नेम्वाङले सबै दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार जुनसुकै भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए।

उनले निषेधको राजनीति पराजित भएको र दलहरू मिलेर काम गर भन्ने जनताको स्पष्ट सन्देश रहेको जिकिर गरे। एमालेलाई सरकारमा जान हतारो नरहेको र जनताको जनादेश बमोजिम अघि बढौं भन्ने मान्यता रहेको उनको भनाइ छ। उनले नयाँ पार्टीहरूको आगमनलाई पनि सामान्य रुपमा लिनु पर्ने बताए।

नेम्वाङले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणाली अपनाएको छ। यही प्रणालीअनुसार नयाँ पार्टीहरू आएका हुन्। उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ। त्यस्तो हुँदैन। जनताले सबैलाई मिलेर अघि जान भनेका छन्। सोही अनुसार गर्छौ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्