एकीकृत समाजवादीले डाक्यो सचिवालय बैठक

ekikrit_samajbadi_sachibalaya
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ। चुनावी परिणाम, आगामी दिनको कार्ययोजना बनाउन मंगलबार बिहान १० बजे बस्ने गरी सचिवालय बैठक डाकिएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

‘भोलि १० बजे हाम्रो पार्टीको सचिवालय बैठक डाकिएको छ,’ हमालले भने, ‘चुनावी समीक्षा र पार्टीको भावी राजनीतिबारे छलफल गर्छौं।’ एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १० सिट जितेको छ। उसले १९ क्षेत्रमा उम्मेदवारी दिएको थियो।

समानुपातिक तर्फको अन्तिम परिणाम आउन बाँकी छ। समानुपातिकतर्फ हालसम्म प्राप्त मत परिणाम अनुसार एकीकृत समाजवादी थ्रेस होल्ड कटाउने सम्भावना न्यून हुँदै गएको छ।