यी नौ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारवाही

nepal-rastra-bank
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लङघन गर्ने ९ केन्द्रीय बैंकलाई कारवाही गरेको छ। नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपश्चात बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दा बैंकहरुलाई सचेत गराएको छ।

सुपरिवेक्षण विभागले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंकले नियम विपरित कार्य गरेको भेट्टाएको छ।

केन्द्रिय बैंकले कृषि विकास बैंकले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनको पालना नगरेको भन्दै राष्ट्र बैंकले २० लाख रूपैयाँ जरिवाना गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्