सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ। महासंघले आज बुधबारको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो।

महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रूपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले मूल्य बढेको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ तोकिएको छ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ९०० रूपैयाँ थियो। हिजो मंगलबार सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेर कारोबार सुरू भएको थियो। यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेको छ। हिजो मंगलबार तोलामा १२ सय ८५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ९० रूपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्