गण्डकी प्रदेशमा सरकार बनाउन कुनै दलले पाएनन् स्पष्ट बहुमत

gandaki-pradesh-pokhara
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। सरकार गठनका लागि गण्डकी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन्। दलले केन्द्रबाट कुनै निर्देशन र सुझाव नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन सकेका छैनन्।

प्रतिनिधि सभातर्फ १८ र प्रदेश सभातर्फ ३६ क्षेत्र निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेस एक्लैले प्रतिनिधि सभातर्फ ९ र प्रदेश सभातर्फ १६ सिट जितेको छ। गण्डकी प्रदेशमा स्याङ्जा–२ बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १६ सिट जित्दा नेकपा एमालेले १२, नेकपा माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जित्नुभएको छ। २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने भएपनि समानुपातिकतर्फको मतगणना सकिएको छैन।

कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रहनुभएका सुरेन्द्र पाण्डेले गण्डकीमा सरकार गठनको वार्ता सुरू नभएको बताए। स्याङ्जा–२ मा अझै मतगणना हुन नसकेकाले सरकार गठनको वार्ता अहिलेसम्म सुरू नभएको उनको भनाइ छ।

केन्द्रले निर्णय नलिदासम्म आफूहरूले सरकार गठनको प्रक्रिया सुरू नगरेको माओवादीका नेता हरिबहादुर चुमानले बताए। प्रत्यक्षतर्फ १२ सिट ल्याएको एमालेले भने आफ्नो नेतृत्वमा सरकार कसरत थालेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्