संसदीय दलको निर्वाचनमा केन्द्रित हुँदैछु : गगन थापा

Gagan_Thapa
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन्।

शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने थापाले बताए। उनले भने, ‘अस्ति मलाई निम्तो गर्न आउँदाखेरि पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरूमा आउँछु भन्ने अवस्था नै थिएन। शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं। त्यसपछि अरू काममा जुट्नु पर्नेछ। मेरो त अर्को चुनाव आउँदैछ। मैले त्यो काममा केन्द्रित हुनुछ।’

उनले निर्वाचनमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने उल्लेख गरेका छन्। थापाले भने, ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ। यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ। पुसमा नयाँ मन्त्रिपरिषद् बन्छ। माघबाटै सो कानुन बनाउने काम लागौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्