प्रधानमन्त्रीमा मेरो दाबेदारी स्वाभाविक : रामचन्द्र पौडेल

Ramchandra_Poudel
लोकपाटी न्यूज
5 Shares

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्। बिहीबार बिहान नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्।

“गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरुबीच सल्लाह हुँदैछ।” उनले भने, “म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए। पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्