
काठमाडौं। सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले नेकपा (एमाले) का जगदिशप्रसाद कुसियैतलाई ३१ मतले पछाडि पारेका हुन्।
कार्कीले ३० हजार १७० मत पाउनु हुँदा एमालेका कुसियैतले ३० हजार १३९ मत पाएका छन्। अब ६ सयको मत गन्न बाँकी रहेको छ।