सुनसरी-४ मा मन्त्री कार्की विजयी

लोकपाटी न्यूज
8 Shares

सुनसरी। प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए।

कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन्। सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ सिट पुर्‍याएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्