भरतपुर महानगरद्वारा व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा अनुदान

bharatpur-mahanagar
लोकपाटी न्यूज
5 Shares

चितवन। भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० ५ अनुदान दिने भएको छ। महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ।

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तरगत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा ५०५ अनुदान कार्यक्रम समावेश गरिएको थियो।

यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ। आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ। महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रहरु सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्