आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले बढेर ९८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार ४० रूपैयाँले बढेर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्