स्याङ्जा। स्याङ्जा क्षेत्र नम्बर-२ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्। बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन्।
गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन्। नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो। निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि निर्वाचन सम्पन्न भएको दश दिनपछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो।