टोल-टोलमा पुगेर मतदातालाई धन्यवाद दिँदै गुनासो सुन्दै सांसद जोशी

uttam joshi pic
लोकपाटी न्यूज
5 Shares

चितवन। नवनिर्वाचित प्रदेश सांसद उत्तम जोशीले निर्वाचनपछि पनि आफ्नो क्षेत्रका जनतासँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन्। चितवन निर्वाचन क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित जोशी जनताको समस्या र गुनासो सुन्न व्यस्त रहेका छन्।

सोही क्रममा उनले सरकारी कार्यालयहरुमा सेवाग्राहीले सहज ढङ्गले सेवा लिन पाउने व्यवस्था गरिने बताएका छन्। मंगलबार भरतपुर १० का जनताहरुसँग भेटघाट गर्दै जोशीले सरकारी कार्यालयहरुको काम पारदर्शी ढङ्गबाट छिटो र छरितो बनाउने प्रतिवद्धता जनाए। उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिए। सरकारी कार्यालयहरुमा पारदर्शी ढङ्गबाट छिटो र छरितो काम हुनुपर्छ भन्ने मेरो मान्यता हो।

सेवाग्राहीले बिना कुनै झन्झट सेवा पाउने व्यवस्था गर्न कदम चाल्नेछु। कुनै पनि बाहानामा अब काममा ढिला सुस्ती हुनु हुँदैन, जोशीले भने। उनले सेवाग्राहीहरुलाई आफ्नो काम गराउनका लागि कुनै पनि बाहानामा अतिरिक्त शुल्क नतिर्न पनि आग्रह गरे। आफू भ्रष्टचारको खिलापमा रहेको भन्दै कुनै पनि कार्यालयमा कुनै पनि कर्मचारीले घुस मागे तुरुन्द खबर गर्न उनले आग्रह गरे।

यस्तै वडा नम्बर १० का सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, महानगरपालिका गेटदेखि हाकिमचोकसम्म आकाशे पुल, भरतपुर विमानस्थल विस्तार, शिक्षा र स्वास्थ्यलाई सरल बनाउन आफूले जोड दिने उनले बताए। उनले बुधवार भरतपुर १० को रमाइलो चोकका जनतासँग पनि भेटघाट गरेका छन्। जनताले आफूलाई मन र मतले विजयी गराएको भन्दै उनले यस क्षेत्रको समस्या समाधान गरिने बताए।

उनले कुनै पनि गुनासो र समस्या भए खबर गर्न पनि आग्रह गरे। यस्तै जोशीले बिहीबार बिहान भरतपुर २ का जनतासँग भेटघाट गरेका छन्। सो क्रममा उनले भरतपुर २ मा जनमैत्री बिकासको योजना ल्याउने प्रतिवद्धता जनाए। जनताले भोगिरहेका समस्या बारे आफू जानकार रहेको भन्दै कुनै पनि बाहानामा आफूले गरेको प्रतिवद्धताबाट पछि नहट्ने उनको भनाइ थियो।

उनले भूमिहिन सुकुमबासीको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको समेत बताए। भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जालाई केबल चुनावी एजेण्डा मात्रै नबनाउने उनको भनाइ थियो। उनले जनताको विश्वास टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्