अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए।

बजार सुधारका लागि आफूहरू खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशंकित हुनुपर्ने बताए। ‘समस्या समाधानका लागि हामी खुला छौं,’ उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ।’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्