संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्छ : मन्त्री पौडेल

maoist_leader
लोकपाटी न्यूज
6 Shares

बागलुङ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन्। बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए।

‘यसअघि गर्न नसकेका कामहरू पनि छन्,’ उनले भने, ‘पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमशः पूरा गछौं।’ संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै उनले बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए।

‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,’ पौडेलले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ।’ चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिए।

ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रसारण लाइन, पक्की पुल, ढोरपाटनको आलुलाई प्रवर्धन लगायतका काम जनताको चाहानाअनुसार हुने बताए। ‘जनताका आवश्यकता धरै छन्,’ उनले भने, ‘जनताका चाहानाअनुसार विकाश गर्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्