काँग्रेस उपसभापति खड्काले प्रचण्डलाई भेटे, के कुरा भयो ?

Prachand_Khadka
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। अध्यक्ष प्रचण्ड भेट्न उपसभापति खड्का बिहीबार खुमलटार पुगेका थिए। भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको छ।

भेटमा सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको खड्काले बताए। प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नरहेको बताएको खड्काले जानकारी दिएका छन्। ‘गठबन्धनको नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नराख्न उहाँले भन्नुभयो। सरकार निर्माणका सन्दर्भमा छलफल हुँदा सम्पूर्ण निर्वाचन परिणाम आएपछि वृहत् छलफल गर्ने विषयमा कुरा भयो,’ खड्काले भने।

सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएपछि शीर्ष नेताबीच छलफल गर्ने विषयमा संवाद भएको खड्काले बताए। उपसभापति खड्का प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र मध्येका एक हुन्। त्यसैले सरकार गठनको विषयमा प्रचण्ड र खड्काको भेटलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। उपसभापति खड्काले बुधबार मात्रै प्रधानमन्त्री देउवालाई भेटेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्