
दोलखा। दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना जारी छ। दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन्।
कार्कीले १६५४ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले ५२ मत पाएका छन्।