स्याङ्जा-२ (१) मा कांग्रेसका अर्याल विजयी

Bhojraj-Aryal
लोकपाटी न्यूज
7 Shares

स्याङजा। स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा विजयी भएका छन्। अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

अर्यालले १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन्। गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए।