कपिलवस्तुमा भारतीय नागरिक खानमाथि गोली प्रहार

Goli
लोकपाटी न्यूज
10 Shares

रुपन्देही। कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ। मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए। गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेजमा राखिएको छ। गोली हान्ने व्यक्तिको पहिचान भएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्