बाजुरामा मतगणना पुनः सुचारु

matgadana
लोकपाटी न्यूज
3 Shares

राजेन्द्र बिक

बाजुरा। बाजुरामा रोकिएको मतगणना कार्य पुनः सुचारु गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर-६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा ४० मत बढी आएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो।

बुढीगंगा नरपालिका वडा नम्बर-३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएपछि प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को मतगणना पनि स्थगित भएको थियो। मुचुल्का गरिए भन्दा बढी मत भेटिएपछि काँग्रेस एमाले प्रतिनिधि बिच विवाद हुँदा रोकिएको मतगणना अहिले सर्वदलीय बैठक बसी गणना पुनः सुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्