
बाजुरा। बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ। २० हजार ६ सय ३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन्।
एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन्। उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ। बाजुरामा ६० हजार १५२ मत खसेको थियो।