मतगणना जारी रहेका तीनवटै क्षेत्रमा कुन दलको मत कति ?

matgadana
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रतिनिधिसभामा मतगणना जारी रहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन अगाडि रहेको छ। पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले १७ हजार २२१ मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले १५ हजार ९०८ मत पाएकी छन्।

यसैगरी, दोलखामा जारी मत गणनामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की ६ हजार ५७७ मतसहित अगाडि रहँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार ७८१ मत पाए। दोलखामा माओवादी उम्मेदवार दोब्बर मतले अघि रहेका छन्।

यस्तै, बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेले ११ हजार ७६ मत पाएका छन्। उनलाई नेकपा एमालेका कर्णबहादुर थापाले ८ हजार ८५२ मतसहित पछ्याइरहेका छन्।