
काठमाडौं। आज (शनिबार) बिहान प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ।
शनिबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, शनिबार राति भने देशभर मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।