धनुषामा जन्ती बोकेको जीप दुर्घटना, पाँचको मृत्यु

accident_
लोकपाटी न्यूज
5 Shares

धनुषा। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। बा१ज ८२९३ नम्बरको जन्ती बोकेको जीप इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको हो।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर छन्। घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्