प्रधानमन्त्री चलाउन सक्ने आँट छ : प्रकाशमान सिंह

prakashman sinha
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्न आफूसँग अनुभव भएको बताएका छन्। शनिवार बिहान काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफूमा प्रधानमन्त्री चलाउन सक्ने आँट भएको बताएका हुन्।

त्यसैगरी नेता सिंहले काठमाडौंको खानेपानी समस्या र सुकुम्बासी समस्या चाँडै समाधान हुने आश्वासन दिए। उनले राजधानीवासीको खानेपानी समस्या चाँडो समाधान होस भनेर आफूहरु लागि परेको बताए।

मेलम्ची खानेपानी परियोजना निरन्तरता हुन नसक्नुको कारण बुझ्न आफूहरु मेलम्ची खानेपानी मुहानमै पुगेर जानकारी लिएर आएकाले केही व्यवहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउ प्रधानमन्त्रीसँग छिट्टै भेटेर समाधानको पहल गर्नेसमेत बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्