
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। चुनावको समीक्षा गर्न आज शनिबार दिँउसो ३ बजे बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए।
बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।