सर्लाही। मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत अवस्थामा भेटिएका छन्। पत्रकार भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार बिहान मृत भेटिएका हुन्।
उनी नेपाल पत्रकार महासंघ, सर्लाही शाखाको साधारण सभामा भाग लिन लालबन्दी गएका थिए। राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताए।
उनको हातमा औषधि भेटिएको छ, भने कोठामा वान्ता गरेको देखिएको छ। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी नेपाल पत्रकार महासंघ, सप्तरी शाखा संस्थापक सभापति हुन्। त्यस्तै, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति हुन्।