दोलखामा १ हजार ९५ मतले माओवादी केन्द्रका कार्कीको अग्रता

karki
लोकपाटी न्यूज
2 Shares

दोलखा। दोलखामा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्। आज शनिबार मध्यान्हसम्मको गणनाअनुसार कार्की १ हजार ९५ मतले अगाडि रहेका छन्।

आज १२ बजेसम्म २१ हजार ५४१ मत गणना हुँदा माओवादी केन्द्रका कार्कीले १० हजार ६० मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीले आठ हजार ९६५ मतले पछ्याइ रहेका छन्। घण्टी चुनाव चिन्हका जगदीश खरेलले ७९५ मत ल्याएका छन्।

त्यसैगरी प्रदेश सभा (ख) मा २२ हजार ४१० मत गणना हुँदा एमालेका उम्मेदवार भरतबहादुर केसीलाई ६६९ मतले उछिनेर नेपाली कांग्रेसका बर्मा लामाले अग्रता कायम गरेका छन्। लामाले १० हजार ४७२ मत ल्याएका छन भने एमालेका केसीले नौ हजार ८०३ मत पाएका छन्।

प्रदेशसभा (क) मा १७ हजार ९६८ मत गणना हुँदा कांग्रेसका कुन्दनराज काफ्ले एक हजार १०० मतान्तरले अग्रता लिएका छन्। काफलेले आठ हजार ४७२ मत र एमालेका नरबहादुर श्रेष्ठले सात हजार ३७२ पाएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्