माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अहिले बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।

बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले मिलेर सरकार बनाएर जाने विषयमा जोड दिएर छलफल भइरहेको बुझिएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन्।

प्रचण्डले पनि नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता भएको छ।