काठमाडौं। स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ।
करिब ३ हजार मत गन्न बाँकी रहँदा गुरुङले ६ हजारको मतान्तर कायम गर्दै जित पक्का गरेका हुन्। पछिल्लो अपडेटअनुसार धनराजले ३० हजार ३१३ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २४ हजार २७५ मत मात्र पाएकी छिन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ८६८ मत पाएका छन्। अब चापाकोटको वडा ९ र १० को ३ हजार १९९ मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।