पत्रकार महासंघद्वारा भर्त्सना

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाल पत्रकार महासंघले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति भत्र्सना जनाएको छ।

उकेरा डटकमका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी केही समाचार र सुकुम्बासीसम्बन्धी समाचार हटाई अन्य असम्बन्धित समाचार पोष्ट गरिएको छ।

महासंघले आज विज्ञप्ति जारी गरी प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइबरसम्बन्धी कानूनको समेत गम्भीर उल्लंघन भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा विरोध र भत्र्सना गर्दछ र कानूनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्