राजेन्द्र बिक/ बाजुरा,१८मंसिर। बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पदम बहादुर शाही भएका छन्।
कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र ख मा मत गणनाको प्रारम्भिक चरणबाटै अग्रता कायम गरेका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५सय २१मत प्राप्त गरेका छन्। शाही र थापा बिचको मतान्तर दुई हजार पाँच सय ९८ रहेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हिमाल शाहीले भने एक सय ५५मत प्राप्त गरेका छन्। प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो।
निकटतम प्रतिद्वन्दी लाल बहादुर थापा २०७४को चुनावमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए। प्रतिनिधि सभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेस सभा ‘क’ एकीकृत समाजवादिका नरेश कुमार शाही र हिजोनै विजयी भइसकेका छन भने प्रतिनिधि सभामा कांग्रेसका बद्री प्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।