काठमाडौं। गायिका सुस्मिता स्याङ्तान तामाङको आवाज र र्यापर निमा लामाको र्यापमा धरर आँशुु बोलको गीत बजारमा आएको छ। बिरिसु मिडियाको अफिसियल युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजानिक गरिएको हो।
हाम्रो नयाँ गीतलाई सम्पूर्ण दर्शकले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं। यो र्यापर निमाको आफ्नै जीवनमा आधारित गीत हो। उनको संघर्षको कथा समेटिएका छौं। गायिका सुस्मिता स्याङ्तानले भनिन्।
विवेक लोप्चनको शब्द, जेम्स जिम्बा तामाङको र्याप कम्पोज, कर्साङ लामाको संगीत र संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन गरेका हुन्।
त्रिलोक लामाले छायांकन गरिएको भिडियोलाई राजु दोङ तामाङले सम्पादन र कलर गरेका हुन्। र्यापर निमा लामा र गायिका सुस्मिता स्याङ्तानले बजारमा ल्याएको भेट्लास है र कमिसन बोलको गीतलाई अत्याधिक रुचाएका छन्।