मायाको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
7 Shares

बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–४ का भरतराम कोली रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

हत्या आरोप लागेका कोली घटनापछि फरार रहेका थिए। मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए। आइतबार बिहान महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनलाई आइतबार नै बैतडी प्रहरीमा बुझाइएको छ। गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका–६ को जंगलमा फेला परेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्