बाँकेको राप्ती नदीमा डुबेर दुईको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
3 Shares

बाँके। बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो।

उनीहरु शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्