
काठमाडौं। नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ। जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो।
यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।