नेपाली कांग्रेसका प्रवक्ता महत र सीके राउतबीच भेट

ck rahut-prakash mahat
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ। आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए। यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ। अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्