राप्ती नदीमा बेपत्ता दुईको शव फेला

Death
लोकपाटी न्यूज
5 Shares

नेपालगञ्ज। बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ।

बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए। राप्तीसोनारी गाउँपालिका-६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए।

मृत फेला पर्नेमा राप्तीसोनारी-६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्