पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै प्रदर्शन

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै विरोध गरेको छ। अखिल क्रान्तिकारीले नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकु अगाडि विरोध गरेको हो।

अन्तर्राष्ट्रिय रुपमा घटेर आएको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब दिँदै उनीहरूले विरोध गरेका छन्। मूल्य समायोजन गरेर तत्काल ‘गल्ती सच्याउन’ संगठनले आयल निगमसँग माग गरेको छ।

संगठनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाहले आयल निगमलाई घटेर आएको पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। ‘तत्कालै मूल्य समायोजन नभएको खण्डमा हाम्रो यो शान्तिपूर्ण प्रदर्शन अन्तिम हुनसक्छ। हाम्रा माग सम्बोधन नभए आयल निगमका कर्मचारीविरुद्ध आन्दोलन गर्छौ,’ शाहले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्