काँग्रेस उपसभापति खड्का र सिके राउतबीच भेट

CK-Raut_Khadka
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेट भएको हो।

उनले अध्यक्ष राउतलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीले हासिल गरेको विजयका लागि बधाई तथा शुभकामना दिएका थिए। भेटमा सन्दर्भमा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

समसामयिक एजेन्डाबारे पनि छलफल भएको भन्दै उपसभापति खड्काको सचिवालयले छलफल सकारात्मक र उपलब्धिमूलक रहेको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्