सत्ता गठबन्धनले बोलायो बैठक

gathabandan
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ। गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ।

बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने बताइएको छ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले देशभर चुनावी तालमेल गरेर लडेका थिए। काँग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्