दोलखामा माओवादी केन्द्रका कार्की १ हजार बढी मतअन्तरले अगाडि

karki
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। यी दुई लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन्।

माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन्। भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा शिवाकोटीले ३९६ मत पाएका थिए। यस्तै लामाबगरबाट कार्कीले २७५ र शिवाकोटीले २६० मत पाएका छन्। अब शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना जारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्