बाबुराम भट्टराई र सिके राउतबीच भेट

baburam bhattrai and sick raut pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतसँग भेटवार्ता गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा तस्वीर राख्दै भट्टराईले भेटवार्ताबारे जानकारी दिएका छन्।

भेटपछि ट्विट गर्दै भट्टराईले संवैधानिक समापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरुको राय लिन क्रममा सिंह दरबारमा भेट्दा औंला उठाउनेहरु अहिले गलत सावित भएको बताएका छन्।

भेटपछि डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूकोसमेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुसी व्यक्त गरेका छन्।’