
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाँडेगाउँमा रहेको काँग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरेका छन्।
भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत महापुराण यज्ञमा पुगेका देउवाले भट्टराईको सालिकमा माल्यार्पण गरेका हुन्। त्यस्तै, प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए।
कृष्णप्रसाद भट्टराईको ९८औँ जन्म जयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो।